Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

यस्तो छ, नेपाली समय अनुसार नेपाल र केन्याबीचको खेल तालिका

यस्तो छ, नेपाली समय अनुसार नेपाल र केन्याबीचको खेल तालिका

  • शुक्रवार, श्रावण २७ २०७९

  • 841
    SHARES

  • यस्तो छ, नेपाली समय अनुसार नेपाल र केन्याबीचको खेल तालिका
    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्दै छ ।
     
    केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ ।
     
    ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।
     
    दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी(ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ  ।
     
    नेपाल र केन्याको खेल तालिका !
     
    टी-ट्वान्टी !
     
    - नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।
     
    - दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु हुनेछ ।  
     
    - तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।  
     
    - चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।   
     
    - पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु हुनेछ ।  
     
    एकदिवसीय !
     
    - पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।
     
    - दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु हुनेछ ।
     
    -तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु हुनेछ ।


    शुक्रवार, श्रावण २७ २०७९०३:०६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij