Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काँग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, सिट बाँडफाँटमा पार्टीको धारणा स्पष्ट गरिने

काँग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, सिट बाँडफाँटमा पार्टीको धारणा स्पष्ट गरिने

  • शुक्रवार, श्रावण २७ २०७९

  • 784
    SHARES

  • काँग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, सिट बाँडफाँटमा पार्टीको धारणा स्पष्ट गरिने
    काठमाडौं । नेपाली काँग्रेसले शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइको छ । शनिबार बिहान ९ बजेका लागि बैठक तय भएको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।  
     
    बैठकमा सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा पार्टीको अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्न छलफल हुने उहाँको भनाइ छ । 
     
    काँग्रेसले सत्ता गठबन्धनबीच तालमेल हुँदा १०० सिट पाउनुपर्ने अडान लिँदै आएको छ । तर, गठबन्धनभित्र दलहरूले आफ्नो तर्फबाट दाबी प्रस्तुत गर्दैगर्दा काँग्रेसको आधिकारिक अडान र दृष्टिकोणका विषयमा थप स्पष्ट गरिने उहाँको भनाइ छ ।
     
    कार्यदलको बैठकमा पार्टीको हाल संसदमा कायम रहेको शक्ति, स्थानीय निर्वाचनमा प्राप्त गरेको मत तथा वर्तमान परिस्थितिको आधारमा सिट बाँडफाँट गर्ने सैद्धान्तिक सहमति भएको छ । 
     
    यहीबीच काँग्रेसले यसबारे थप स्पष्ट पारेर जाने नेताहरूको भनाइ छ। यस्तै बैठकमा चुनावी अभियान सञ्चालनका सन्दर्भमा पनि निर्णय लिइने छ।  यसअघि भदौ २ देखि सुरु गर्ने भनिएको अभियान ७ गतेदेखि २४ गतेसम्म गर्न शीर्ष तहमा सहमति भएको छ । सो सहमतिलाई कार्य सम्पादन समितिले अनुमोदन गर्ने बताइएको छ ।


    शुक्रवार, श्रावण २७ २०७९०५:४१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij