Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

साफ यू–१७ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान

साफ यू–१७ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान

  • आइतवार, श्रावण २९ २०७९

  • 481
    SHARES

  • साफ यू–१७ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान
    काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ ।
     
    दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार(आज) सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले भुटानको सामना गर्ने भएको हो ।
     
    प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ  । नेपालको समूहमा भारत र भुटान रहेको छ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।
     
    यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ । समूह ‘ए’ मा आयोजक श्रीलंका, मालदिभ्स र बंगलादेश रहेको छ ।
     
    समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।
     
    talika.png


    आइतवार, श्रावण २९ २०७९०२:४८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij