Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कमजोरी पत्ता लगाइसकेँ : प्रभाकर

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कमजोरी पत्ता लगाइसकेँ : प्रभाकर

  • बुधवार, भाद्र १ २०७९

  • 530
    SHARES

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीको कमजोरी पत्ता लगाइसकेँ : प्रभाकर

    काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली टोलीको कमजोर पक्ष आफूले पत्ता लगाइसकेको बताएका छन् ।

    उनले आफूले उक्त कमजोरीलाई सुधार गर्ने पहिलो प्राथमिकतामा राखेको बताए । प्रभाकर भर्खरै मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ ।

    प्रभाकरले सोमबारदेखि टिममा प्रशिक्षण दिइरहेका छन् । उक्त प्रशिक्षणको क्रममा टिमको कमजोरीको विषयमा आफूले भिडियोमार्फत पहिले नै थाहा पाएको र अहिले त्यसको सुधारका लागि लागिरहेको बताए ।

    ‘टिमको कमजोरीको विषयमा पहिले नै थाहा पाएको थिए । अहिले त्यसको सुधारको विषय खोजिरहेको छु । सानो कमजोरी छन् त्यसलाई सुधार गर्न धेरै समय लाग्दैन,’ प्रभाकरले अभ्यासका क्रममा पत्रकारसँग कुरा गर्दै भने ।

    प्रभाकरले आफूले टिमको ब्याटिङको विषयमा पहिले समाधानको उपाय निकालिरहेको बताए । नेपालको टिममा अहिलेको मुख्य समस्या नै ब्याटिङ भएकाले त्यसलाई सुधारका लागि आफूले काम गरिरहेको र त्यो चाडै सुधार हुने बताए । ‘टिममा अहिले ब्याटिङको समस्या छ । अहिले त्यसैमा फोकस गरिरहेका छौं,’ प्रभाकरले भने ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीले भदौ ९ देखि २० सम्म केन्यासँग पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज र तीन एकदिवसीय सिरिज खेल्दैछ ।


    बुधवार, भाद्र १ २०७९०१:३१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij