Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सन्दीपले युएईको इन्टरनेसनल टी–ट्वान्टी खेल्ने

सन्दीपले युएईको इन्टरनेसनल टी–ट्वान्टी खेल्ने

  • शनिवार, भाद्र ४ २०७९

  • 370
    SHARES

  • सन्दीपले युएईको इन्टरनेसनल टी–ट्वान्टी खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने यूएई इन्टरनेसनल टी–ट्वान्टी लिग खेल्ने भएका छन् ।

    युवा लेग स्पिनर लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको टी–ट्वान्टी लिग खेल्ने भएका हुन् ।

    भाइपर्सले शुक्रबार लामिछानेलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ । उनी लिगको मार्की खेलाडीको रुपमा रहेका थिए ।

    भाइपर्सले लामिछानेसँगै शेल्डन कोट्रेल, वानिन्दु हसरंगा, एलेक्स हेल्स, कोलिन मुन्रो, साम विलिङ्स जस्ता खेलाडी अनुबन्ध गरेको छ ।

    ईमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी जनवरी ६ देखि  फेब्रुअरी १२ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ ।


    शनिवार, भाद्र ४ २०७९०९:५०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij