एजेन्सी । प्रिमियर लिग फुटबलमा आज विभिन्न तीन खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा चेल्सीले लिड्स युनाइटेडको सामना गर्दैछ । लिड्सको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ मा सुरु हुनेछ । आजको खेलमा चेल्सी दोस्रो जितको खोजीमा हुनेछ । चेल्सीले अघिल्ला दुई खेलमा एक बराबरी र एकमा जित निकालेको थियो ।
यता लिड्सको पनि नतिजा त्यही छ । यसै समयमा हुने अर्को खेलमा वेस्ट हमले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ । आज हुने अन्तिम खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग खेल्दै वेस्ट हमले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ ।
आज हुने अन्तिम खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग खेल्दै छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै सिटी तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ । सिटीले यसअघिका दुई खेलमा सहज जित निकालेको छ । यता न्युक्यासल भने दोस्रो जितको खोजीमा हुनेछ ।