Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा १.८५ अंकको वृद्धि, १ अर्बको मात्रै कारोबार 

नेप्सेमा १.८५ अंकको वृद्धि, १ अर्बको मात्रै कारोबार 

  • मंगलवार, भाद्र ७ २०७९

  • 636
    SHARES

  • नेप्सेमा १.८५ अंकको वृद्धि, १ अर्बको मात्रै कारोबार 
    काठमाडौं । मंगलबार(आज) शेयर बजारमा सामान्य सुधार भएको छ । साताको तेस्रो कारोबार दिन आज बजार परिसूचक नेप्से १.८५ अंक (०.०९ प्रतिशत) ले वृद्धि भएर २०५४.९८ अंकमा बन्द भएको छ ।
     
    नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने झनै ओरालो लागेको छ ।  हिजो करिब १ अर्ब ७३ करोडको कारोबार भएको बजारमा आज भने कारोबार रकम झनै घटेको छ । नेप्सेमा आज ४० लाख ३१ हजार २५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २१ लाख ९० हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ७ करोड ६५ लाख ९८ हजारको कारोबार भएको छ ।
     
    दिनभर बजारमा १८६ कम्पनीको शेयर कारोबार भएकोमा १०४ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ७१ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ११ कम्पनीको शेयर मूल्य भने स्थिर छ ।
     
    आज कारोबार भएका मध्ये रुरु जलविद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ ।
     
    यता सिद्धार्थ इक्विटी फण्डको इकाई मूल्य ६.८८ प्रतिशतले गिरावट भएको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ५.५७ प्रतिशतले गिरावट भएको छ । सूचीकृत कम्पनीमा समालिङ पावर कम्पनीको शेयर मूल्य ३.९३ प्रतिशतले बढेको छ ।


    मंगलवार, भाद्र ७ २०७९०४:०४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij