Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाल र केन्याबीचको टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदै

नेपाल र केन्याबीचको टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदै

  • बिहिवार, भाद्र ९ २०७९

  • 525
    SHARES

  • नेपाल र केन्याबीचको टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदै

    काठमाण्डौ । नेपाल र केन्याबीचको पाँच खेलको टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ ।

    पहिलो खेल आज दिउँसो पौने ४ बजे नैरोबीमा सुरु हुनेछ । भिसाको समस्याका कारण नेपालका तीन जना खेलाडीले पहिलो खेल गुमाउने भएका छन् ।

    अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमले आजको खेल गुमाउने भएका हुन् ।

    नेपाल र केन्याबीचको दोस्रो टी-२० खेल भोलि, तेस्रो भदौ १२ गते, चौथो भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले केन्यासँग तीन एक दिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एक दिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ ।


    बिहिवार, भाद्र ९ २०७९०९:०७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij