Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

महिला साफ खेल्न भुटानी टोली नेपाल आइपुग्यो

महिला साफ खेल्न भुटानी टोली नेपाल आइपुग्यो

  • बिहिवार, भाद्र ९ २०७९

  • 708
    SHARES

  • महिला साफ खेल्न भुटानी टोली नेपाल आइपुग्यो
    काठमाडौं । महिला साफ फुटबल च्याम्पियनसिपमा सहभागी हुन भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेका छन् । भुटानको टोली बिहीबार(आज) बिहान भुटान एयरलाइन्सको विमानबाट नेपाल आइपुगेका हुन् ।
     
    भुटानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए । महिला साफ खेल्न नेपाल आउने भुटान पहिलो टिम हो । भुटान समूह ‘बी’ मा रहेको टोली हो । यो समूहमा श्रीलंका र नेपाल रहेका छन् ।
     
    भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ काठमाडौंमा हुँदै छ ‌। प्रतियोगितामा नेपाल सहित ७ टिमले प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । भर्खरै प्रतिबन्धमा परेको भारतीय टिमको सहभागिता अनिश्चित छ ।


    बिहिवार, भाद्र ९ २०७९०२:१९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij