Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

केन्याविरुद्ध नेपाल बलिङ गर्दै

केन्याविरुद्ध नेपाल बलिङ गर्दै

  • बिहिवार, भाद्र ९ २०७९

  • 521
    SHARES

  • केन्याविरुद्ध नेपाल बलिङ गर्दै
    काठमाडौं । घरेलु टोली केन्याविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा नेपालले सुरुआतमा बलिङ गरिरहेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
     
    पाँच खेलको टी–ट्वान्टी सिरिजका लागि केन्या पुगेको नेपाली टोली आज सुखद सुरुआतको योजनामा रहेको छ । यस खेल राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो ।
     
    पाँच खेलको सिरिज अन्तर्गत दोस्रो टी(ट्वान्टी भदौ १० गते , तेस्रो टी–ट्वान्टी भदौ १२ गते, चौथो टी(ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ ।
     
    टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एक दिवसीय सिरिज खेल्नेछ । पहिलो एक दिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ  ।
     


    बिहिवार, भाद्र ९ २०७९०४:१३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij