Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

केन्याविरुद्ध बलिङ गर्दै नेपाल

केन्याविरुद्ध बलिङ गर्दै नेपाल

  • शुक्रवार, भाद्र १० २०७९

  • 524
    SHARES

  • केन्याविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा नेपालले सुरुआतमा बलिङ गर्नेभएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।

    घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ । तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुने छैन । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । पाँच खेलको सिरिजमा नेपाल १–० ले अघि रहेको छ । यता, केन्या भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

    नेपालले केन्याविरुद्ध भदौ १२ गते तेस्रो खेल खेल्नेछ ।  त्यस्तै दुई टोलीबीच चौथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौँ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एक दिवसीय सिरिज खेल्नेछ ।

    पहिलो एक दिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

    नेपालको प्लेइङ–११:
    आसिफ शेख (विकेट किपर),पवन सर्राफ, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम, बसिर अहमद, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने(कप्तान)


    शुक्रवार, भाद्र १० २०७९०३:५९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij