Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

केन्याविरुद्ध नेपालले पायो १३३ रनको लक्ष्य

केन्याविरुद्ध नेपालले पायो १३३ रनको लक्ष्य

  • शुक्रवार, भाद्र १० २०७९

  • 593
    SHARES

  • केन्याविरुद्ध नेपालले पायो १३३ रनको लक्ष्य
    काठमाडौं । घरेलु टोली केन्याले दोस्रो टी–ट्वान्टी क्रिकेटमा नेपाललाई जितका लागि १ सय ३३ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनायो ।
     
    केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए । इरफान करिमले २२ रन जोड्दा सचिन भुडियाले १४ रन जोडे ।  
     
    नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३/३ विकेट लिए । करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए ।
     
    आज नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । पाँच खेलको सिरिजमा नेपाल १–० ले अघि रहेको छ ।
     
    नेपालले केन्याविरुद्ध भदौ १२ गते तेस्रो खेल खेल्नेछ ।  त्यस्तै दुई टोलीबीच चौथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौँ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ ।
     
    टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एक दिवसीय सिरिज खेल्नेछ । पहिलो एक दिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।


    शुक्रवार, भाद्र १० २०७९०५:२६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij