Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

केन्यासँग नेपाल १८ रनले पराजित

केन्यासँग नेपाल १८ रनले पराजित

  • शुक्रवार, भाद्र १० २०७९

  • 752
    SHARES

  • केन्यासँग नेपाल १८ रनले पराजित
    काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा नेपाल पराजित भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार(आज) नेपाललाई केन्याले १८ रनले पराजित गरेको हो । केन्यासँग नेपालले सबैखाले फर्म्याटको क्रिकेटमा पहिलो हार ब्यहोरेको हो ।
     
    यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १–१ को बराबरीमा गरेको छ । हिजो भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो।
     
    नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र रोहित पौडेलले २०/२० रन जोडे । पवन सर्राफ १९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ८, करण केसी ६, आसिफ शेख ५, दीपेन्द्र सिंह ऐरी ३ र ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए । सोमपाल कामी २ रनमा आउट हुँदा वसिर अहमद शून्य रनमा अविजित रहे । 
     
    केन्याका लुकास ओलुओच,  इमानुएल बुन्डी र  भिराज पटेलले २र२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।
     
    अब नेपालले केन्याविरुद्धको तेस्रो खेल आइतबार खेल्नेछ ।  त्यस्तै दुई टोलीबीच चौथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौँ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ ।
     
    टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एक दिवसीय सिरिज खेल्नेछ । पहिलो एक दिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।


    शुक्रवार, भाद्र १० २०७९०७:३०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij