Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

व्यवस्थित सहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

व्यवस्थित सहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

  • शनिवार, भाद्र ११ २०७९

  • 564
    SHARES

  • व्यवस्थित सहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका अधिकांश सहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको बताउनु भएको छ।

    बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले अव्यवस्थित सहरका कारण स्वास्थ्य विपद् लगायत सामाजिक विकृतिहरु निम्त्याउने बताउनुभयो। ।

    नेपालको कुल जनसंख्याको दुई तिहाई सहरी क्षेत्रमा बसोबास गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनियन्त्रित बसाइँ सराइ रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित सहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। ।

    व्यवस्थित सहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक गतिविधिले गति लिन सक्ने र दीगो विकास लक्ष्य हासिल गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ ।

     

     


    शनिवार, भाद्र ११ २०७९०१:५४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij