काठमाडौं । नेपालले घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय महिला टिमको घोषणा गरेका हुन् ।
नेपालले घोषणा गरेको टोलीमा नियमित कप्तान रेनुका नगरकोटी र डिफेन्डर पूजा राना छैनन् । प्रशिक्षणको दौरान बोकेको चोटको कारण दुवैले महिला साफ गुमाउने भएकी हुन् ।
यस्तै अमिषा कार्की, समीक्षा घिमिरे र दीपा शाहीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएकी छिन् । रेखा पौडेलले टिममा पुनरागमन गरेकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।
उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल सहज मानिएको ‘बी’ रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ । यस्तै समूह‘ए’मा साबिक विजेता भारत, मालदिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिता नजिकिंदै जाँदा नेपाली टिमको कप्तान भने अझै घोषणा गरिएको छैन । यसअघिकी कप्तान रेनुका नगरकोटी घाइते भएर टिममा नहुँदा नयाँ कप्तान बनाउनुपर्ने भएको हो । प्रशिक्षक थापाले प्राविधिक कमिटी बसेर केही दिनमा कप्तान चयन गर्ने जानकारी दिए ।
नेपाली टोली
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः हिरा कुमारी भुजेल, अमृता जैसी, गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक
मिडफिल्डरः विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ
खेल तालिका -