Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाल र केन्याबीचको पाँचौँ टी–२० क्रिकेट आज हुँदै

नेपाल र केन्याबीचको पाँचौँ टी–२० क्रिकेट आज हुँदै

  • मंगलवार, भाद्र १४ २०७९

  • 584
    SHARES

  • नेपाल र केन्याबीचको पाँचौँ टी–२० क्रिकेट आज हुँदै

    काठमाडौं । नेपाल र केन्याबीचको पाँचौँ तथा निर्णायक टी–२० क्रिकेट आज हुँदैछ । खेल नैरोबी जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने चार बजे सुरु हुनेछ।

    पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । हिजो भएको चौथो खेलमा नेपाल घरेलुु टोली केन्यासँग ७ रनले पराजित भएपछि शृङ्खला बराबरी भएको हो । जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्रै बनायो ।

    टस जितेर पहिला ब्याटिङ गरेको केन्या निर्धारित २० ओभरमा १ सय १ रनमा अल आउट भएको थियो । केन्यासँगको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

    टी–२० शृङ्खलापछि नेपालले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ । पहिलो खेल आउँदो १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल २० गते हुने तालिका छ।


    मंगलवार, भाद्र १४ २०७९०८:५४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij