Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

केन्याविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

केन्याविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

  • मंगलवार, भाद्र १४ २०७९

  • 444
    SHARES

  • केन्याविरुद्ध टस जितेर नेपाल ब्याटिङमा
    काठमाडौं । घरेलु टोली केन्याविरुद्धको पाँचौँ तथा अन्तिम टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले सुरुआतमा ब्याटिङ गरिरहेको छ ।
     
    नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। नेपालले ब्याटिङ रोजेपछि केन्याले सुरुआतमा फिल्डिङ गर्ने भएको हो ।
     
    नेपालले दुई खेलाडी परिवर्तन गरेको छ। आरिफ शेख र शाहब आलमको स्थानमा विवेक यादव र वसिर अहमदले मौका पाएका छन् ।  
     
    पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। किनकि ४ खेल सकिदा सिरिज २–२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ ।
     
    टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एक दिवसीय सिरिज खेल्नेछ । पहिलो एक दिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
     
    नेपालको प्लेईङ,११ :
     
    अर्जुन साउद (विकेट किपर),पवन सरार्फ,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,दीपेन्द्र सिंह ऐरी,विवेक यादव,आदिल आलम,करण केसी,सोमपाल कामी, सन्दीप लामिछाने(कप्तान) र वसिर अहमद


    मंगलवार, भाद्र १४ २०७९०३:४४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij