Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा २२ अंकको गिरावट, १ अर्ब १२ करोडको कारोबार

नेप्सेमा २२ अंकको गिरावट, १ अर्ब १२ करोडको कारोबार

  • बुधवार, भाद्र १५ २०७९

  • 671
    SHARES

  • नेप्सेमा २२ अंकको गिरावट, १ अर्ब १२ करोडको कारोबार
    काठमाडौं । साताको चौथो कारोबार दिन शेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ । बुधबार(आज) बजार परिसूचक नेप्से २१.९७ अंक (१.१० प्रतिशत) ले गिरावट भएर १९७३.३८ अंकमा बन्द भएको हो । यसैगरी, आज सेन्सेटिभ परिसूचक ४.३३ अंकले घटेर ३८४.६२ अंकमा आइपुगेको छ ।
     
    नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक २.४२ प्रतिशत र हाइड्रोपावर उपसूचक २.१७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.५३ प्रतिशतले गिरावट भएको छ ।
     
    नेप्सेमा गिरावट हुँदा आज पनि कारोबार रकम १ अर्बमा सीमित भएको छ । आज नेप्सेमा २९ लाख ९२ हजार ८७३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १२ करोड ६२ लाख १८ हजारको कारोबार भएको छ ।
     
    जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक १० करोड ७४ लाख ८४ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ६ करोड ४० लाख २४ हजार र राप्ती हाइड्रोपावरको ३ करोड २७ लाख ८९ हजारको कारोबार भएको छ ।
     
    आज नेप्सेमा १८७ कम्पनीको शेयर कारोबार हुँदा १६८ कम्पनीको शेयर मूल्य गिरावट भएको छ । १५ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै ४ कम्पनीको शेयर मूल्य स्थिर छ ।
     
    आज कारोबार भएकामध्ये आरबीबी म्युचुअल फण्ड १ को इकाई मूल्य १.९७ प्रतिशतले वृद्धि हुँदा नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्र २०७४ को मूल्य १.९४ प्रतिशतले बढेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य १.६१ प्रतिशतले वृद्धि भएको छ ।
     
    यता हिमालयन पावर पार्टनर कम्पनीको शेयर मूल्य सर्वाधिक ६.८६ प्रतिशतले गिरावट हुँदा अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको शेयर मूल्य ५.२२ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ५.१९ प्रतिशतले गिरावट भएको छ ।
     


    बुधवार, भाद्र १५ २०७९०३:४४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij