Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबारदेखि ३ खेलको एक दिवसीय सिरिज खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबारदेखि ३ खेलको एक दिवसीय सिरिज खेल्दै

  • बिहिवार, भाद्र १६ २०७९

  • 411
    SHARES

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबारदेखि ३ खेलको एक दिवसीय सिरिज खेल्दै

    काठमाडौं । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबारदेखि ३ खेलको एक दिवसीय सिरिज खेल्दै छ।

    ५ खेलको टि–२० आई सिरिज आफ्नो पक्षमा पारेको नेपालले एक दिवसीय सिरिज पनि जित्ने प्रयासमा हुनेछ। नेपालले ५ खेलको टि–२० आई सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको थियो।

    नैरोबीस्थित जिमखाना क्रिकेट स्टेडियममा हुने एक दिवसीय सिरिज पनि जित्दै केन्या भ्रमण लाभदायक बनाउने प्रयासमा नेपाली टोली रहनेछ।

    तर नेपाली टोलीमा देखिदै आएको ब्याटिङ समस्याले नेपालले एक दिवसीय सिरिज जित्नेमा शंका छ। ब्याटिङ समस्याकै कारण नेपालको एक दिवसीय वरियता जोगाउन पनि मुस्किल देखिँदै आएको छ।

    सिरिजको पहिलो खेल शुक्रबार नैरोबीमा दिउँसो पौने १ बजे सुरु हुनेछ। दोस्रो खेल शनिबार र अन्तिम तथा तेस्रो खेल सोमबार हुने तालिका छ।

    एक दिवसीय सिरिजमा नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन्। कप्तान सन्दीप लामिछाने टि–२० आई सिरिजपछि क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्टइन्डिज पुगेका छन्।

    सीपीएल ३१ अगष्टबाट सुरु भइसकेको छ। सन्दीपले जमैका तलवाजबाट सीपीएल खेल्नेछन्। जमैकाले सीपीएलमा विजयी सुरुवात गरिसकेको छ।

    जमैकाले पहिलो खेलमा एसटी किट्स एण्ड नेभिस प्याट्रियट्सलाई ४७ रनले हराएका थियो।


    बिहिवार, भाद्र १६ २०७९०२:४२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij