Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालले केन्यासँग आज एक दिवसीय खेल खेल्दै, यस्तो छ सम्भावित प्लेईङ–११

नेपालले केन्यासँग आज एक दिवसीय खेल खेल्दै, यस्तो छ सम्भावित प्लेईङ–११

  • शुक्रवार, भाद्र १७ २०७९

  • 429
    SHARES

  • नेपालले केन्यासँग आज एक दिवसीय खेल खेल्दै, यस्तो छ सम्भावित प्लेईङ–११
    काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एक दिवसीय खेल आज शुक्रबार खेल्दै छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह १२ः४५ बजे हुनेछ ।
     
    नेपाली टोलीका नियमित कप्तान सन्दीप लामिछाने टिममा नरहेकाले उपकप्तान रोहितकुमार पौडेलले टोलीको कप्तानी गर्ने छन् । रोहितले यू–१९ को राष्ट्रिय टोलीमा कप्तानी गरेका भए पनि सिनियर टिममा भने पहिलो पटक हो ।
     
    मनोज प्रभाकरको प्रशिक्षणमा नेपाली टोली यो पहिलो एक दिवसीय खेल हो । उनको प्रशिक्षणमा नेपालले केन्याविरुद्धको टी–ट्वान्टी सिरिज ३–२ ले जितेको थियो ।
     
    ३ खेलको एक दिवसीय खेलको सिरिजको यो पहिलो खेल भएकोले नेपाल सिरिजको उत्कृष्ट सुरुवात गर्न चाहन्छ । यसका लागि नेपालले बलियो प्लेईङ–११ बनाउने छ ।
     
    नेपालको ओपनरका रुपमा अर्जुन साउद र ज्ञानेन्द्र मल्ल रहने सम्भावना रहेको छ । तेस्रो नम्बरमा देव खनाल तथा चौथो स्थानमा कप्तान रोहित पौडेल रहने सम्भावना रहेको छ । पाँचौँ स्थानमा दीपेन्द्र सिंह ऐरीको सम्भावना रहँदा छैटौं नम्बरमा आरिफ शेखको सम्भावना रहेको छ ।
     
    सातौं स्थानमा मोहम्मद आदिल आलम तथा आठौं स्थानमा करण केसीको सम्भावना रहेको छ । नवौँ स्थानमा सोमपाल कामी तथा दशौं स्थानमा वसिर अहमदको सम्भावना रहेको छ । अन्तिम स्थानमा साहब आलम रहने सम्भावना रहेको छ ।
     
    नेपालको सम्भावित प्लेईङ–११
     
    अर्जुन साउद(विकेट किपर),ज्ञानेन्द्र मल्ल,देव खनाल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,मोहम्मद आदिल आलम,करण केसी,सोमपाल कामी,वसिर अहमद र साहब आलम


    शुक्रवार, भाद्र १७ २०७९११:३७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij