काठमाडौं । केन्यासँगको पहिलो एकदिवसीय खेलमा नेपालले मध्यम बलिङको सुरुआत गरेको छ ।
टस हारेर पहिले बलिङ गरिरहेको नेपालले ३० ओभरको समाप्तिसम्म ४ विकेट लिएको छ । केन्याले १ सय २० रन बनाएको छ ।
नेपालका सोमपाल कामीले पहिलो विकेट लिएका थिए । ओपनरका रुपमा क्रिजमा रहेका सुखदेब सिंहलाई कामीले पहिलो ओभरको पाँचौ बलमा नै आउट गराएका थिए । सुखदेव ६ रनमा सोमपालको बलमा उनैद्वारा क्याच आउट भएका थिए ।
चौथो सफलताको रुपमा नेपालका लागि घातक बन्न सक्ने इफ्रान करिमलाई व्यक्तिगत ३१ रनमा आउट भए । करिमलाई पवन सर्राफले बोल्ड आउट गरेका हुन् ।
क्रिजमा अहिले राकिप पटेल ३१ र कोलिस ओबाया ३५ रनका साथ रहेका छन् । पाँचौ विकेटका लागि उनीहरुबीचमा ७१ रनको साझेदारी भईसकेको छ ।