Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

दोस्रो एकदिवसीयमा आज नेपाल र केन्या भिड्दै

दोस्रो एकदिवसीयमा आज नेपाल र केन्या भिड्दै

  • शनिवार, भाद्र १८ २०७९

  • 532
    SHARES

  • दोस्रो एकदिवसीयमा आज नेपाल र केन्या भिड्दै

    काठमाण्डाै – नेपाल र केन्याबिचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल दिउँसो पौने एक बजे नैरोबी मैदानमा सुरु हुनेछ ।

    नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई ७ विकेटले हराएको थियो । हिजो भएको खेलमा जितका लागि २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय पारी खेले । योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ ।

    नेपालले आजको खेल जितेमा श्रृंखला जित्नेछ । तेस्रो तथा अन्तिम खेल पर्सि हुनेछ । यसअघि केन्यासँग भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको थियो ।


    शनिवार, भाद्र १८ २०७९०८:०६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij