Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

विमानस्थलको भीआईपी कक्षबाटै भागेका अभियुक्त आलम पक्राउ

विमानस्थलको भीआईपी कक्षबाटै भागेका अभियुक्त आलम पक्राउ

  • शनिवार, भाद्र १८ २०७९

  • 611
    SHARES

  • विमानस्थलको भीआईपी कक्षबाटै भागेका अभियुक्त आलम पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका अभियुक्त रिजवान आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

    आलम नक्सालमा रहेको एक होटलबाट पक्राउ परेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । हिजो बिहान यूएईबाट फ्लाई दुबई विमानमार्फत् त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी भीआईपी कक्ष प्रयोग गरी भागेका थिए ।

    सुनसरी घर भएका ३० वर्षका आलम ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा थिए । विमानस्थलबाट भाग्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको गाडी प्रयोग भएको प्रहरीले जनाएको छ ।


    शनिवार, भाद्र १८ २०७९१२:४३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij