Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

साफ च्याम्पियनसिपमा भाग लिन बंगलादेशको फुटबल टोली नेपाल आइपुग्यो

साफ च्याम्पियनसिपमा भाग लिन बंगलादेशको फुटबल टोली नेपाल आइपुग्यो

  • शनिवार, भाद्र १८ २०७९

  • 501
    SHARES

  • साफ च्याम्पियनसिपमा भाग लिन बंगलादेशको फुटबल टोली नेपाल आइपुग्यो

    काठमाडौं । महिला साफ च्याम्पियनसिपमा भाग लिन बंगलादेशको राष्ट्रिय टोली आज नेपाल आइपुगेको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्यद्वय मनीष जोशी र सलिना श्रेष्ठलगायतले त्रिभुवन विमानस्थलमा बंगलादेशी टोलीलाई स्वागत गरेका थिए ।

    भुटान र पाकिस्तानी टोली भने यसअघि नै काठमाडौं आइसकेका छन् । भारतीय टोली आज नै काठमाडौं आइपुग्ने एन्फाले यसअघि नै जानकारी दिएको थियो । श्रीलंका र माल्दिभ्स टोली भोली आइपुग्ने बताइएको छ ।

    दशरथ रंगशालामा भदौ २१ गते दक्षिण एसियाका सातै राष्ट्रको सहभागितामा च्याम्पियनसिप सुरु हुनेछ । बंगलादेश समूहमा भारत, पाकिस्तान र माल्दिभ्ससँग रहेको छ । आयोजक नेपाल, भुटान र श्रीलंका समूह बीमा छन् । पहिलो दिन नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।


    शनिवार, भाद्र १८ २०७९०३:०६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij