Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

केन्यासँगको अन्तिम एक दिवसीय क्रिकेटमा नेपाल बलिङ गर्दै

केन्यासँगको अन्तिम एक दिवसीय क्रिकेटमा नेपाल बलिङ गर्दै

  • सोमवार, भाद्र २० २०७९

  • 410
    SHARES

  • केन्यासँगको अन्तिम एक दिवसीय क्रिकेटमा नेपाल बलिङ गर्दै

    काठमाडौं । तेस्रो एक दिवसीय क्रिकेटमा नेपालले केन्याविरुद्ध बलिङ गर्दैछ ।

    नैरोवीस्थित जिमखाना मैदानमा केन्याले टस जितेपछि नेपालले बलिङको निम्तो पाएको हो । अघिल्ला दुई खेल जितेर शृंखला आफ्नो पक्षमा पारिसकेको नेपालले आज टिममा एक जना परिवर्तन गरेको छ ।

    तीव्र बलर करण केसीको स्थानमा किशोर महतोलाई टिममा राखिएको छ । नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको थियो ।

    सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न गएपछि नेपाल टिमको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन् । त्यसअघि पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखला नेपालले ३-२ ले जितेको थियो ।


    सोमवार, भाद्र २० २०७९१२:४७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij