Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको ऊर्जामन्त्री भुसालद्वारा उद्घाटन

बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको ऊर्जामन्त्री भुसालद्वारा उद्घाटन

  • सोमवार, भाद्र २० २०७९

  • 607
    SHARES

  • बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको ऊर्जामन्त्री भुसालद्वारा उद्घाटन

    काठमाडौं । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका लागि निर्माण गरिएको योगीकुटी–बुटवलबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आज सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गर्नुभएको हो ।

    प्रसारण लाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ । साथै, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको छ ।

    उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो ।


    सोमवार, भाद्र २० २०७९०२:१०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij