Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदै

साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदै

  • मंगलवार, भाद्र २१ २०७९

  • 516
    SHARES

  • साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदै

    काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दैछ ।

    खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । दक्षिण एसियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदैछ ।

    प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात देशले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ मा नेपाल, श्रीलङ्का र भुटान छन् । समूह ‘बी’ मा भारत, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अङ्कको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

    नेपाली महिला टोलीको कप्तानका रुपमा जिम्मेवारी पाएकी एन्जिला तुम्बापो सुब्बाले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताएकी छिन् ।


    मंगलवार, भाद्र २१ २०७९०७:२५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij