Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा बैठक : शिक्षा, स्वास्थ्य र यातायात सुधारका कुरा

राष्ट्रियसभा बैठक : शिक्षा, स्वास्थ्य र यातायात सुधारका कुरा

  • मंगलवार, भाद्र २१ २०७९

  • 491
    SHARES

  • राष्ट्रियसभा बैठक : शिक्षा, स्वास्थ्य र यातायात सुधारका कुरा

    काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले आगामी संघ र प्रदेशको निर्वाचनमा महिलाहरूलाई धेरैभन्दा धेरै प्रत्यक्षतर्फ उम्मेदवारी दिलाउन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

    मंगलवार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले डेंगु देशभर फैलिएकाले महामारी हुन नदिनका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने, किटनाशक औषधि छर्कने र सचेतना जगाउने काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘डेंगुको सङ्क्रमण अहिले ७५ जिल्लामा फैलिएको छ । यो महामारी हुनबाट रोक्न तीन तहका सरकारको ध्यान किन गएको छैन ? लामखुट्टेको लार्भा नष्ट गर्ने, किटनाशक औषधी छर्कने र सचेतना जगाउने कार्य यथाशीघ्र होस् भनी ध्यानाकर्षण गराउन चाहन्छु ।’

    त्यस्तै, राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले सरकारी विद्यालयमा कार्यरत लेखापालहरूको सेवा, सुविधा र पारिश्रमिक उनीहरूको तह अनुसार मिलाउनका लागि सरकारसँग माग गर्नुभयो। उहाँले शिक्षा क्षेत्रको विकृति र विसङ्गतिको अन्त्य गर्न तत्काल संघीय शिक्षा ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    यता राष्ट्रिय सभा सदस्य नन्दा चपाईँले सवारी साधनहरू अव्यवस्थित रूपमा रहेको भन्दै सवारी साधनको व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यसका निम्ति आवश्यक कानुन निर्माण गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।


    मंगलवार, भाद्र २१ २०७९०२:२५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij