Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

  • बुधवार, भाद्र २२ २०७९

  • 704
    SHARES

  • सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

    काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले बताउनुभयो ।

    यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ।

    उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आफुले निर्देशन दिएको एआईजी धानुकले बताउनुभयो ।

    सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको बताइएको छ। सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।


    बुधवार, भाद्र २२ २०७९०७:०९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij