Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति सर्वसम्मत चयन

राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति सर्वसम्मत चयन

  • बुधवार, भाद्र २२ २०७९

  • 640
    SHARES

  • राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति सर्वसम्मत चयन

    काठमाडौं । राष्ट्रिय सभाका चार विषयगत समिति सभापति सर्वसम्मत चयन भएका छन्।

    भदौ २३ गते सभापतिको निर्वाचन हुँदैछ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोक्नुभएको हो ।

    आज चार समितिको सभापतिमध्ये दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ सर्वसम्मत चयन हुनुभएको छ। त्यस्तै, विधायन व्यवस्थापन समितिमा बेदुराम भुसाल, प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिमा माया प्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल सर्वसम्मत चयन भएका हुन्।

    प्रकाशित कार्यतालिका अनुसार भदौ २२ गते ११ बजेदेखि ४ बजेसम्म मनोनयन हुनेछ। सोही दिन ४ः३० बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ। यस्तै, भदौ २३ गते दिउँसो १ बजे निर्वाचन हुनेछ।

    राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन्।


    बुधवार, भाद्र २२ २०७९०१:३९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij