Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुवात

च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुवात

  • बिहिवार, भाद्र २३ २०७९

  • 440
    SHARES

  • च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुवात

    काठमाडौं । साफ १७ वर्षमुनिको च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

    श्रीलङ्कामा गएराति भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको हो ।कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका उनेश बुढाथोकी र सिमान्त थापाले एकरएक गोल गरे । भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए ।

    खेलको १३औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । सिमान्तले खेलको ५७औँ मिनेटमा गोल थपे ।खेलको ६८औँ मिनेटमा भुटानका दोर्जीले एक गोल फर्काए पनि त्यसपछि गोल थप्न नसक्दा पराजित भयो । जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ । लगातार दुई खेल हारेको भुटान प्रतियोगिताबाट बाहिरिएको छ ।

    यसअघि भुटान भारतसँग ३-० गोलले पराजित भएको थियो ।अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेल भोलि भारतसँग खेल्नेछ । यो खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।


    बिहिवार, भाद्र २३ २०७९०८:४१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij