Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून बिन्दुमा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून बिन्दुमा

  • बिहिवार, भाद्र २३ २०७९

  • 565
    SHARES

  • अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून बिन्दुमा

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून बिन्दुमा आइपुगेको छ ।

    बिहीबार (९ सेप्टेम्बर) नेपालले भारतसँग खरिद गर्ने तेल ब्रेन्ट कच्चा तेलको मूल्य ८८ डलर प्रतिब्यारलमा झरेको छ । जुन गत १२ माघ महिना (२१ जनावरी) पछिकै कम हो ।

    तीब्र उतार चढावका बीच केही समय एक सय डलर माथि नै रहेको कच्चा तेलको मूल्य २९ अगष्टदेखि भने निरन्तर ओरालो लागेको थियो । यस बीचको १० दिनमा १०२ डलर प्रतिब्यारलबाट १४ डलर प्रतिब्यारलले घटेर ८८ डलरमा झरेको छ ।

    कच्चा तेलको मूल्य आरोलो लाग्नुले नेपाल जस्तो मुलुकका लागि हित गर्छ । भारतले अन्तर्राष्ट्रिय बजारबाट किन्ने ब्रेन्टको मूल्य घट्दा नेपालले भारतबाट किन्ने प्रशोधित तेलको मूल्य घट्ने छ । पछिल्लो एक वर्षको बीचमा बढेको पेट्रोलियमको मूल्यका कारण नेपाल आयल निगमको घाटा चुलिएको छ ।

    अघिल्लो महिना प्रमुख तेल उत्पादक मुलुकहरुको संस्था ओपेक प्लसले तेलको मूल्य प्रतिब्यारल दैनिक एक लाख ब्यारलले बढाउने निर्णय गरेको थियो । जसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरोलो लागेको थियो ।

    तर, केहीदिन अघि बसेको ओपेक प्लसको बैठकले अक्टोबर महिनादेखि तेलको बढाइएको उत्पादन कटौती गर्ने निर्णय गरेको थियो ।


    बिहिवार, भाद्र २३ २०७९०१:४१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij