Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सीपीएलबाट पनि सन्दीप आउट, नेपाल आउँदै

सीपीएलबाट पनि सन्दीप आउट, नेपाल आउँदै

  • शुक्रवार, भाद्र २४ २०७९

  • 703
    SHARES

  • सीपीएलबाट पनि सन्दीप आउट, नेपाल आउँदै

    काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बाहिरिएका छन् ।

    नेपाल क्रिकेट संघले राष्ट्रिय टिमबाट निलम्बन गरेसँगै उनले वेस्ट इन्डिजको क्रिकेट लिग गुमाएका हुन् ।

    सीपीएलमा सन्दीप जमैका तलावाजमा आबद्ध थिए । सो टिमले बिहीबार सन्दीपले तत्काल लागू हुने गरी प्रतियोगिता छोडेको जनाएको छ । आजै फेसबुक स्टाटस मार्फत सन्दीपले सीपीएलबाट बिदा लिएर नेपाल आउने जनाएका थिए ।

    स्रोतका अनुसार सन्दीप एक–दुई दिनभित्रै नेपाल फर्किँदैछन् । पक्राउ पूर्जी जारी गरिएसँगै नेपाल प्रहरीले उनीसँग संवाद गरिरहेको स्रोतको भनाइ छ ।


    सन्दीप नेपाली टिमको नेतृत्व गर्दै केन्या गएका थिए । त्यहाँ पाँच म्याचको टी–२० श्रृंखला खेलिसकेर उनी सीपीएलका लागि वेस्ट इन्डिज गएका हुन् । यद्यपि, जमैका तलावाजले तीन म्याच खेलिसक्दा सन्दीपले प्लेइङ ११ मा स्थान पाएका छैनन् ।

    सीपीएलका अब बाँकी खेलसँगै उनको क्रिकेट करिअरमै प्रश्न चिन्ह खडा भएको छ ।


    शुक्रवार, भाद्र २४ २०७९०२:१९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij