Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक २९ गते बस्ने

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक २९ गते बस्ने

  • शनिवार, भाद्र २५ २०७९

  • 906
    SHARES

  • प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक २९ गते बस्ने

    काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। संसद् सचिवालयले विशेष कारणवश बैठक बस्न नसक्ने उल्लेख गर्दै स्थगित भएको जनाएको हो।

    प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार अर्को बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने छ। सूचनामा भनिएको छ, ुमिति २०७९ साल भदौ २५ गते शनिबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३० बमोजिम सम्माननीय सभामुखज्यूले उक्त बैठक मिति २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

    प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने सांसदहरुले आफूहरु निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले निर्वाचनको मिति घोषणा गरिसकेकाले सरकारले संसद अन्त्य गर्नुपर्ने बताउँदै आएका छन्। सरकारले विधेयक प्रस्तुत गर्नेक्रममा सत्तारुढ दलकै सांसद अनुपस्थित हुँदा बेला बेला विधेयक निर्णयार्थ पेश गर्न गणिपुरक संख्या नपुगेर बैठक स्थगित हुँदै आएको छ।

    संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कूल सदस्य संख्या २७५ को एक चौथाइ सदस्य अर्थात ६९ जना उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ।


    शनिवार, भाद्र २५ २०७९०३:२६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij