Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशमाथि पुलिसको जित

कर्णाली प्रदेशमाथि पुलिसको जित

  • आइतवार, भाद्र २६ २०७९

  • 571
    SHARES

  • कर्णाली प्रदेशमाथि पुलिसको जित

    काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा सहज जित निकालेको छ ।

    आइतबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ८६ रनको लक्ष्य पुलिसले १० ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

    पुलिसका लागि सुनिल धमलाले ४४ तथा कुशल भुर्तेलले अविजित ३९ रन बनाए । कर्णाली प्रदेशका प्रकाश जैसीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले १९ ओभर ३ बलमा अलआउट हुँदै ८५ रन बनाएको थियो । कर्णालीका लागि कप्तान रविन्द्रजंग शाहीले २७ रन बनाए । त्यस्तै विपिन रावलले १७ रन बनाए ।

    पुलिसका लागि दिपेन्द्र ऐरी र ललित राजवंशीले तीन तीन विकेट लिए । पहिलो जित हात पारेको पुलिसले २ खेलमा ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली प्रदेशको भने ३ खेलबाट २ अंक छ ।


    आइतवार, भाद्र २६ २०७९०४:२३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij