Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सडक जामको कारण देखाउँदै जबरा समितिमा अनुपस्थित, जबराले नाम लिएका सबैलाई बोलाइने

सडक जामको कारण देखाउँदै जबरा समितिमा अनुपस्थित, जबराले नाम लिएका सबैलाई बोलाइने

  • मंगलवार, भाद्र २८ २०७९

  • 620
    SHARES

  • सडक जामको कारण देखाउँदै जबरा समितिमा अनुपस्थित, जबराले नाम लिएका सबैलाई बोलाइने

    काठमाडौं । महाभियोग सिफारिस समितिले बयानका क्रममा सर्वोच्च अदालतका निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका व्यक्तिलाई पनि बयानका लागि बोलाउने भएको छ ।

    मंगलबार भएको सिफारिस समितिको बैठकमा यसबारे छलफल भएको हो । जबराले बयानका क्रममा नेपाल बारका पूर्व पदाधिकारीदेखि सत्ता गठबन्धनका सांसद समेतका नाम लिएका थिए ।

    मंगलबारको समितिको बैठकमा सडक जामको कारण देखाउँदै जबरा उपस्थित भएका छैनन् । बैठकमा उपस्थित समिति सदस्यहरू समितिको बैठकमा पत्रकारलाई पहुँच दिने कि नदिने भन्ने बारेमा छलफल गरिरहेका छन् । समिति बैठकको लाइभ गर्नुपर्ने पक्षमा एमाले रहेको छ भने माओवादी केन्द्रका सांसदले त्यसको विरोध गरेका छन् ।

    छलफलमा एमाले सांसद विष्णु पौडेलले बैठक लाइभ गर्न र पत्रकारलाई पहुँच दिन माग गरेका थिए । यता माओवादी सांसद यशोदा गुरुङले भने माओवादी बैठकको लाइभ गर्ने विषयमा विपक्षमा रहेको बताएकी छन् ।


    मंगलवार, भाद्र २८ २०७९०२:०९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij