Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायीले प्रदर्शन गर्ने

काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायीले प्रदर्शन गर्ने

  • बुधवार, भाद्र २९ २०७९

  • 847
    SHARES

  • काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायीले प्रदर्शन गर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।

    संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरु बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने छन् ।

    जिविकोपार्जनका लागि फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै आन्दोलन गर्ने संघले जनाएको छ ।

    महानगरले फुटपाथ र साना व्यवसायीहरुलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेको भन्दै संघले आन्दोलन गर्ने भएको हो ।


    बुधवार, भाद्र २९ २०७९०१:५६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij