Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

हिजाब नलगाएकी २२ वर्षीया युवती प्रहरीद्वारा पक्राउ, केही समयमै मृत्यु

हिजाब नलगाएकी २२ वर्षीया युवती प्रहरीद्वारा पक्राउ, केही समयमै मृत्यु

  • आइतवार, आश्विन २ २०७९

  • 1.1K
    SHARES

  • हिजाब नलगाएकी २२ वर्षीया युवती प्रहरीद्वारा पक्राउ, केही समयमै मृत्यु

    काठमाडौं । इरानकी एक जना २२ वर्षीया युवती महासा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युले ठुलो विरोध निम्त्याएको छ ।

    उनलाई हिजाब नलगाएको आरोपमा धार्मिक प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेको केही घण्टा मै उनको मृत्यु भएको थियो । अमिनी इरानको पश्चिम क्षेत्रस्थिति उनको घरबाट परिवारसहित राजधानीमा आफन्त भेट्न जाँदै थिइन् । त्यही समय प्रहरीले उनलाई हिजाब नलगाएको आरोप पक्राउ गरेको थियो ।

    उनको अन्त्येष्टिका लागि भेला भएका मानिसहरूले पछि विरोध र्‍याली निकालेका थिए । प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर बनाउन अश्रु ग्यास प्रयोग गर्नु परेको थियो ।

    सामाजिक सञ्जालमा धार्मिक प्रहरीविरुद्ध धेरैले आक्रोश पोखिरहेका छन् । उनीहरूले महिलाहरूलाई अनावश्यक दुःख दिने गरेको भन्दै सो प्रहरी इकाई नै हटाउनुपर्ने माग समेत उठिरहेको छ । कैयौँ इरानी सेलिब्रिटीले तथा सुधारवादी राजनीतिज्ञहरूले अमिनीको मृत्युको विरोध जनाएका छन् ।

    प्रहरीले विरोधलाई मत्थर बनाउनको लागि पुलिस स्टेसन भित्रको सिसिटिभी फुटेज बाहिर ल्याएको छ, जहाँ अमिनी आफै ढलेकी छन् । प्रहरीले अमिनीलाई हृदयाघात भएपछि ढलेको बताए पनि परिवारजनले भने अमिनीमा विगतमा मुटुसम्बन्धी कुनै स्वास्थ्य समस्या नरहेको बताएका छन् ।

    प्रत्यक्षदर्शीका अनुसार प्रहरीले पक्राउपछि अमिनीलाई प्रहरी भ्यानमै कुटेका थिए, जसलाई प्रहरीले भने खण्डन गरेका छन् । पक्राउ परेको केही घण्टापछि नै अमिनीको परिवारलाई उनलाई अस्पतालमा भर्ना गरिएकाले भेट्न बोलाइएको थियो ।

    उनीहरू अस्पतालमा पुग्दा कोमा रहेकी अमिनाको ‘ब्रेन डेड’ भएको घोषणा गरिएको थियो । इरानी मानव अधिकार संगठन र्‍हानका अनुसार पक्राउको समयमा अमिनीलाई ‘पुनर्शिक्षा कक्षा दिएर’ छाड्ने बताइएको थियो ।

    तर अगस्ट १५ मा रैसीले महिलाको शिष्ट पहिरनमा कडाइ गर्ने कानुनमा हस्ताक्षर गरेदेखि नै देशभर महिलाहरू पक्राउ पर्ने क्रम बढेको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि महिलाहरूलाई हिजाब अनिवार्य गरिएको थियो । तर पछिल्लो समय तिनको कार्यान्वयन हुन छाडेको भन्दै रैसीले कठोरताका साथ लागु गर्न आह्वान गरेका थिए ।


    आइतवार, आश्विन २ २०७९०२:४०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij