Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति कार्यालय पुगे गठबन्धनका शीर्ष नेता, नागरिकता विधेयक पारित गर्न दबाब

राष्ट्रपति कार्यालय पुगे गठबन्धनका शीर्ष नेता, नागरिकता विधेयक पारित गर्न दबाब

  • सोमवार, आश्विन ३ २०७९

  • 974
    SHARES

  • राष्ट्रपति कार्यालय पुगे गठबन्धनका शीर्ष नेता, नागरिकता विधेयक पारित गर्न दबाब

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक १५ दिन पुग्दा पनि प्रमाणीकरण नगरेपछि प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता राष्ट्रपति निवास पुगेका छन्।

    प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता र मन्त्रीहरु केहीबेर अघि शितलनिवास पुगेका हुन्। संघीय संसदका दुवै सदनबाट पास भएर गएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको छैन ।

    दोस्रो पटक पारित भएर आएपछि १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संघीय संसद सचिवालयले भदौ २० गते राष्ट्रपति कार्यालयमा विधेयक प्रमाणीकरणका लागि दर्ता गराएको थियो । यो हिसाबले आज १५ दिन पुगेको संसद सचिवालयको हिसाब छ। तर राष्ट्रपतिका सल्लाहकार टीका ढकाल भने विधेयक दर्ता भएको १५ दिन नपुगेको बताउनुभयो ।

    उहाँका अनुसार भोलि राष्ट्रपतिको कार्यालयले नागरिक विधेयक प्रमाणीकरण बारेको सूचना दिनेछ।


    सोमवार, आश्विन ३ २०७९०६:३०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij