Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्नुको कारण यस्तो....

विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्नुको कारण यस्तो....

  • बिहिवार, आश्विन ६ २०७९

  • 557
    SHARES

  • विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्नुको कारण यस्तो....

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिने नलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपा चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो ।

    सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताउनुभयो । ‘हामी चुनावलाई उपयोग गर्नुपर्छ भन्नेमा थियौ । सरकारले कहिले पक्राउ पुर्जी जारी गरेर धम्क्याउँछ । कहिले बन्दी रिहा र मुद्दा फिर्ता नगरेर सताउँछ’ क्षेत्रीले भन्नुभयो, ‘अब हामी चुनावमा भाग लिन्नौ । बाहिर गर्ने निर्णयमा पुग्यौ ।’

    गत वैशाख ३० गतेको स्थानीय चुनावमा भने उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको थियो । उक्त चुनावमा राम्रो नतिजा नआएपछि प्रदेश र संघको चुनाव बहिस्कार गरेको सो पार्टीले जानकारी दिएको छ । सरकारले गत साउनमा विप्लवसहित शिर्ष नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि असोज १ गतेदेखि गर्ने भनिएको ९ औं महाधिवेशन समेत प्रभावित भएको छ ।

    विप्लव नेतृत्वको नेकपाले असोज १ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । सरकारले पक्राउ पुर्जी जारी गरेपछि स्थगित भएको विप्लव नेतृत्वको नेकपाको महाधिवेशन कहिले हुने निश्चित भइसकेको छैन । यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, गोपाल किराती नेतृत्वको नेकपा माओवादी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले पनि चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् ।


    बिहिवार, आश्विन ६ २०७९१२:४८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij