Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्ति हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्ति हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

  • बिहिवार, आश्विन ६ २०७९

  • 531
    SHARES

  • सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्ति हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्ति भएको र उनको जीवनबाट धेरै कुरा सिक्न सकिने बताउनु भएको छ।

    त्यस्तै, पूर्वप्रधानमन्त्रीहरूले पनि पाँच पटक प्रधानमन्त्री बनेका थापाको जीवनबारे आफ्ना धारणा राख्नुभयो।

    सूर्यबहादुर थापाको ’मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको राजनीतिलाई सञ्चालन गर्न थापा सफल भएको बताउनुभयो।

    ’पञ्चायतकालमा मात्रै नभएर बहुदलीय व्यवस्थामा पनि प्रधानमन्त्री भएका उहाँ कुशल व्यक्तित्व हुनुहुन्थ्यो । मुलुकको भूराजनीति र आन्तरिक राजनीति पनि बुझेर काम गर्ने नेता हुनुहनुथ्यो,’ थापाबारे प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सूर्यबहादुर थापा नेपाली राजनीतिक इतिहासमा सुप्रसिद्ध व्यक्ति हुनुहुन्थ्यो ।

    आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल हुनुभयो । उहाँको जीवनकालमा मुलुकमा धेरै सकारात्मक कामहरू भए । मुलुकले इतिहासमा पहिलोपटक जनमतसंग्रह समेत उहाँकै कार्यकालमा भएको थियो ।’

    पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको जीवनबाट जतिसुकै उतारचढाव आए पनि मानिसहरूले धीरता छाड्न हुँदैन भन्ने शिक्षा लिन सकिने बताउनुभयो।

     


    बिहिवार, आश्विन ६ २०७९०७:१०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij