Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

साबा च्याम्पियनसिपमा नेपालको दोस्रो जित 

साबा च्याम्पियनसिपमा नेपालको दोस्रो जित 

  • बुधवार, आश्विन १२ २०७९

  • 389
    SHARES

  • साबा च्याम्पियनसिपमा नेपालको दोस्रो जित 
    काठमाडौं । मालदिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ । मालेमा बुधबार(आज) भएको खेलमा भुटानलाई हराउँदै नेपालले दोस्रो जित निकालेको हो ।
     
    तुलनात्मक कमजोर टोली भुटानमाथि नेपालले ६५—२६ ले हराएको हो । भुटानको भने यो लगातार दोस्रो हार हो ।
     
    यस अघि नेपालले मंगलबार श्रीलंकालाई ५५—४९ ले हराएको थियो । त्यसअघि पहिलो खेलमा भने नेपाल आयोजक मालदिभ्ससँग ५१(४७ ले पराजित भएको थियो ।  
     
    प्रतियोगितामा चार राष्ट्र सहभागी छन् । शीर्ष टोलीले उपाधि जित्नेछ । नेपालको उपाधि यात्रा भने अन्य टोलीको खेलमा निर्भर रहेको छ ।
     
    अब श्रीलंका र मालदिभ्स तथा मालदिभ्स र भुटानबीच खेल हुन बाँकी रहेको छ ।


    बुधवार, आश्विन १२ २०७९०६:४५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij