Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निषेधाज्ञाविरुद्ध व्यवसायी, भन्छन्, ‘जीवन रक्षाका लागि भए पनि अर्थतन्त्रलाई सूचारु गर्नुपर्छ’

निषेधाज्ञाविरुद्ध व्यवसायी, भन्छन्, ‘जीवन रक्षाका लागि भए पनि अर्थतन्त्रलाई सूचारु गर्नुपर्छ’

  • बुधवार, भाद्र १७ २०७७

  • 1.0K
    SHARES

  • निषेधाज्ञाविरुद्ध व्यवसायी, भन्छन्, ‘जीवन रक्षाका लागि भए पनि अर्थतन्त्रलाई सूचारु गर्नुपर्छ’

    काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेसँगै व्यवसायीहरुले भने त्यसप्रति असन्तुष्टि जनाएका छन् । निषेधाज्ञाको स्वरुप परिवर्तनगरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा उनीहरुको जोड छ ।

    लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरुले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

    नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड –१९ रोकथामका लागि निषेधाज्ञा गरिए पनि सरकारले कुनै व्यवस्थापन नगरेकाले लामो समय यस्तै प्रकारको निषेधाज्ञा आवश्यक नरहेको बताउनुभयो ।

    पछिल्लोसमय रोग र भोक दुवैबाट मानिसको जीवन असुरक्षित देखिएको भन्दै उपाध्यक्ष अग्रवालले जीवन रक्षाका लागि भए पनि अर्थतन्त्रलाई सूचारु गर्नुपर्ने बताउनुभयो ।

    उहाँले निषेधाज्ञाको स्वरुप परिवर्तन री देशको सीमा नाकामा कडाइ गर्नुपर्ने, अन्तर–जिल्ला आवागमनमा रोक लगाउनुपर्ने र संक्रमणका मापदण्डलाई कडाइकासाथ पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले कोभिड रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन बाहेक अन्य केही विकल्प नदेख्दा व्यवसायी मारमा परेको बताउनुभयो ।

    नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले बजारका सबै गतिविधि ठप्प हुँदा व्यवसायीहरु विस्थापित हुनुपर्ने स्थितिमा पुगेको बताउनुभयो ।

    गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले आजै मात्र निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ ।

    यद्यपि, होटल, रेष्टुरेन्ट र फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालनागरी सेवा दिन सक्ने बताइएको छ ।

    उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रजिअले भदौ ३ गतेदेखि एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । त्यसपछि भदौ १० मा पुनः सात दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो

     


    बुधवार, भाद्र १७ २०७७०५:१५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij