Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेले आज प्रहरी समक्ष आत्मसमर्पण गर्ने

सन्दीप लामिछानेले आज प्रहरी समक्ष आत्मसमर्पण गर्ने

  • बिहिवार, आश्विन २० २०७९

  • 506
    SHARES

  • सन्दीप लामिछानेले आज प्रहरी समक्ष आत्मसमर्पण गर्ने

    काठमाण्डौ । नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताएका छन् ।

    गएराती सामाजिक सञ्जालमा उनले आफू कतार एयरवेजमार्फत् नेपाल आउन लागेको जानकारी दिएका हुन् । उनले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । आफू स्वदेश फर्कन लागेको जानकारी प्रहरीमा गराइसकेको पनि लामिछानेले बताएका छन् ।

    साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् ।

    गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ ।


    बिहिवार, आश्विन २० २०७९०९:१७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij