Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

घनश्याम भूसालको क्वीक डिसिजन, स्वतन्त्र उम्मेदवारी !

घनश्याम भूसालको क्वीक डिसिजन, स्वतन्त्र उम्मेदवारी !

  • शनिवार, आश्विन २२ २०७९

  • 971
    SHARES

  • घनश्याम भूसालको क्वीक डिसिजन, स्वतन्त्र उम्मेदवारी !

    काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

    एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गर्नुभएको हो। निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिनुहुनेछ ।

    सत्ता गठबन्धनका नेताहरुले भुसाललाई आफूहरुसँग मिलेर चुनाव लड्न प्रस्ताव गरेका छन् । सत्ता गठबन्धनको भागवण्डामा रुपन्देही १ माओवादी केन्द्रको भागमा परेको छ । माओवादी नेताहरुले भुसाललाई आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न समेत प्रस्ताव गरेका छन् ।

    तर भुसालले भने कुनै दलको चुनाव चिह्नमा नलड्ने बताउनुभएको छ । भुसालले स्वतन्त्र उम्मेदवारी दिने र गठबन्धनले समर्थन गर्ने सम्भावना छ ।


    शनिवार, आश्विन २२ २०७९०२:३४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij