Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

१७ वर्ष मुनिको एसियन कप : नेपालले आज ताइपेसँग खेल्दै

१७ वर्ष मुनिको एसियन कप : नेपालले आज ताइपेसँग खेल्दै

  • आइतवार, आश्विन २३ २०७९

  • 421
    SHARES

  • १७ वर्ष मुनिको एसियन कप : नेपालले आज ताइपेसँग खेल्दै

    काठमाडौं । भियतनाममा जारी एएफसी १७ वर्ष मुनिको एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

    फु थोस्थित भियत त्रि स्टेडियममा हुने नेपाल र चाइनिज ताइपेबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । ताइपेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो तथा सान्त्वना जितको खोजीमा हुनेछ । ताइपे पनि पहिलो जितको योजनामा रहेको छ ।

    समूह ‘एफ’ मा रहेको नेपाल र ताइपे अङ्कबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, अन्तिम खेलमा जित निकाल्दै दुबै टोली सान्त्वना जितसहित घर फर्कन चाहन्छ ।

    नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।


    आइतवार, आश्विन २३ २०७९०९:१५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij