Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन

नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन

  • शुक्रवार, आश्विन २८ २०७९

  • 437
    SHARES

  • नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको औपचारिक रूपमा उद्घाटन भएको छ ।

    शुक्रबार अपराह्न उपराष्ट्रपति पुनले पोखरा रंगशालामा ९‍औं राष्ट्रिय खेलकुदको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक समूहले झाँकी प्रस्तुत गरेका थिए । त्यस्तै प्रतियोगितामा सहभागी हुने टिमहरूले मार्चपाससमेत गरेका थिए ।

    उद्घाटन समारोहमा ३ सय जना स्वयंसेवक खटिएका छन्। उद्घाटन समारोहको अन्त्यमा आतिशबाजी हुनेछ । आतिशबाजीका लागि भारतबाट प्राविधिक पोखरा आएका छन् । रंगशालालाई सिँगारेर चिरिच्याट्ट बनाइएको छ ।

    रातमा पनि रंगशालालाई आकर्षक बनाउन लेजर लाइटको प्रयोग गरिएको छ । विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटनलाई स्मरणीय बनाउने प्रयत्न रहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।


    शुक्रवार, आश्विन २८ २०७९०७:३२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij