Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यी प्रदेशबाट पूर्णरुपमा बाहिरियो मनसुन

यी प्रदेशबाट पूर्णरुपमा बाहिरियो मनसुन

  • शनिवार, आश्विन २९ २०७९

  • 534
    SHARES

  • यी प्रदेशबाट पूर्णरुपमा बाहिरियो मनसुन

    काठमाडौं । आजदेखि यस वर्षको मनसुन बाहिरिने क्रम सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि नेपालका पाँचवटा प्रदेशबाट पूर्ण रुपमा मनसुन बाहिरिएको जनाएको छ।

    आज बुलेटिन जारी गर्दै महाशाखाले अन्य क्षेत्रमा भने एक÷दुई दिन लाग्नसक्ने बताएको छ। आजदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशबाट मनसुन बाहिरिएको छ।

    यस्तै, मधेस प्रदेशको पश्चिमी भू–भागबाट पनि मनसुन बाहिरिएको छ । प्रदेश–१ र मधेस प्रदेशको बाँकी भूभागबाट मनसुन बाहिरिन भने केही दिन लाग्ने महाशाखाले जनाएको छ। यस वर्षको मनसुन जुन ५ अर्थात गएको जेठ २२ गते देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो।

    औसतमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा १३ दिन ढिला गरी बाहिरिएको छ।


    शनिवार, आश्विन २९ २०७९१२:५५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij