Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नवौं राष्ट्रिय खेलकुदः महिला फुटबलमा कर्णालीमाथि एपीएफ १६–० गोल अन्तरले विजयी

नवौं राष्ट्रिय खेलकुदः महिला फुटबलमा कर्णालीमाथि एपीएफ १६–० गोल अन्तरले विजयी

  • शनिवार, आश्विन २९ २०७९

  • 498
    SHARES

  • नवौं राष्ट्रिय खेलकुदः महिला फुटबलमा कर्णालीमाथि एपीएफ १६–० गोल अन्तरले विजयी

    काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा विभागीय टिम एपीएफले कर्णाली प्रदेशमाथि १६–० गोल अन्तरको फराकिलो जित हात पारेको छ ।

    स्याङ्जाको वालिङमा आज भएको खेलमा एपीएफकी सावित्रा भण्डारी एक्लैले ५ गोलको योगदान दिइन् । एपीएफका लागि सरु लिम्बुले ह्याट्रिक पूरा गरिन् ।

    खेलको पाँचौं मिनेटमा पहिलो गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएकी सावित्राले १३, १८, ४५ र ५२ औं मिनेटमा गोल गरिन् । सरुले १९ औं, ३६ औं र ४८ औं मिनेटमा गोल गरिन् ।

    एपीएफका लागि नवौं र २७ औं मिनेटमा अनिता केसी, २१ औं मिनेटमा प्रीति राई र पहिलो हाफको इन्ज्युरी समयमा सविता रानाले गोल गरे । ६१ औं मिनेटमाच मनमाया लिम्बु, ७१ औं मिनेटमा गीता राना, ८३ औं र ८६ औं मिनेट रविना गोलेले गोल गरे ।


    शनिवार, आश्विन २९ २०७९०३:५०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij