Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन

प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन

  • बुधवार, कार्तिक २ २०७९

  • 710
    SHARES

  • प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन

    काठमाडौं । नेपालमा प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा बुधबार छानबिन समिति गठन गरेको हो ।

    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार समितिलाई यथाशिघ्र प्रतिवेदन दिने गरी कार्यादेश दिइएको छ । समितिमा नेपाल हवाई खेलकुद संस्था, राष्ट्रिय खेलकुद परिषद्, चिकित्सा क्षेत्रबाट समेत प्रतिनिधित्व गराएर अध्ययन गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले आफूलाई आवश्यक ठानेका क्षेत्रबाट प्रतिनिधिहरु थप गरी अध्ययन गर्न सक्ने भएको छ ।

    समितिलाई अहिलेसम्म प्याराग्लाइडिङमा भइरहेका अभ्यासको अध्ययन गरी यसको उडानलाई थप व्यवस्थित तथा सुरक्षति बनाउन अपनाउनु पर्ने उपायबारे सुझाव दिने जिम्मेवारी दिइएको छ ।

    गत आइतबार पोखरामा राष्ट्रिय खेलकुदका दौरान नेपाली सेनाका खेलाडीको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको थियो । त्यसलगत्तै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको छ ।

    प्रवक्ता निरौलाका अनुसार देशभर लगाइएको यो प्रतिवन्ध छानबिन समितिको प्रतिबन्ध नआएसम्म जारी रहने भएको छ । समितिले प्रतिवेदन दिएपछि सोही समितिको सिफारिसका आधारमा नयाँ निर्णय हुने उहाँले जानकारी दिनुभयो ।

    नेपालमा सन् १९९६ मा पोखरामा सनराइज प्याराग्लाइडिङबाट व्यवसायिक उडान सुरु भएको हो । त्यसयता भएका दुर्घटनामा १७ जनाले ज्यान गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको छ । आइतबार भएको दुर्घटनासहित कुल १७ वटा ठूला दुर्घटना भएका छन् । जसमा १७ जनाकै मृत्यु भएको छ ।


    बुधवार, कार्तिक २ २०७९०२:४५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij